Jump to content

Page:Munamadan.pdf/23: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated

Latest revision as of 19:01, 5 May 2025

This page has been validated

यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोबनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख !
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल,
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला,
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे ।
दयाले नैनी ! ईश्वरले सिँगारे !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
मनुष्यचोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्‌को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरूको मनको जगत् गर्दिन्छ पवित्र,
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको,
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा खसे यो मन उचाल्छ,
यी मेरा कुरा गएर तिमी अरूमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,