Jump to content

Page:Munamadan.pdf/8: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 12: Line 12:
झर्नाको शीतल शीकर उठ्छ स्वरमा सिर्केर,
झर्नाको शीतल शीकर उठ्छ स्वरमा सिर्केर,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ,
रसको धर्म्म लिएर पग्ली गीतमा बगिन्छ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
Line 21: Line 21:
पहाडी वायुमण्डलको ध्वनि गोधूलि-वनको बोल,
पहाडी वायुमण्डलको ध्वनि गोधूलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ, अनमोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ, अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसना,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,

Latest revision as of 09:00, 4 May 2025

This page has been validated

कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,
झर्नाको स्वर टिपेर कुर्ली प्रकृति गौरव,
तिनैका साथी नेपाली जाति घाम र पानीमा;
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा,
यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन,
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर,
झर्नाको शीतल शीकर उठ्छ स्वरमा सिर्केर,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
रसको धर्म्म लिएर पग्ली गीतमा बगिन्छ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,
यो प्रकृतछन्दबीचमा सुन्दर रमाउँछ नन्दन,
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे,
पहाडी वायुमण्डलको ध्वनि गोधूलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ, अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसना,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द
कविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,
जमीन यस्तो विशाल यहाँ न केही सह्यार,
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,