Page:Buddhibinodko pahila binod.pdf/28: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 09:09, 18 April 2025
This page has been proofread
अभाव हो वा अविकारि भाव हो,
स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
गरूँ म कस्तो कसरी निरूपण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८४
फलाम झैं चुम्बकले निरन्तर
खिंचेर भित्री तहको सबै सुर ॥
लिंदो छ मेरो उसले प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८५
“कहाँ थियो वास ?’ भनी अली गडी
विचार गर्दा बिचमा घडी घडी ॥
झुपूझुपू बन्द भयेछ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८६
‘नजा, नजा, दुर्गम भावमा नजा,
मजा बुझी सात्विक शङ्ख यो बजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८७