Jump to content

Page:Buddhibinodko pahila binod.pdf/19: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 08:54, 18 April 2025

This page has been proofread

गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८

जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९

अघी कति दल्दलभित्र खेलिथिस्‌ ?
रुँदै कती ब्याकुलता उकेलिथिस्‌ ?
तँ फेरि थालिस्‌ किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०

विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१