Jump to content

Page:Buddhibinodko pahila binod.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 08:46, 18 April 2025

This page has been proofread

सचेत यस्तो नरभेषमा पनि
अचेत पेटू पशु झैं बनी बनी ॥
रमाउने त्यो बनमा कठै !! किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३२

परेर कस्तो कसको दबावमा !
झरिस यस्ता प्रतिकूल भावमा ॥
भयेन केही यसको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३३

अचार आफू अविचार-रोगको
विचार गर्ने अझ भाग्य-भोगको ॥
परेछ उल्टो कुन मोह-बन्धन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३४

कसेर काला पशुपाश अङ्गमा
लिँदै डुबुल्की तमका तरङ्गमा ॥
भरङ्गमा रङ्ग मनाउने कुन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३५