Jump to content

Page:Buddhi binod.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:


अनन्त बाटा बटुवा छ एक यो ।  
अनन्त बाटा बटुवा छ एक यो ।  
विचारमा रङ्मङिदा जनम् गयो ।  
विचारमा रङ्‌मङिदा जनम् गयो ।  
छँदै छ शङ्का अब कृत्य हो कुन ?
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥
Line 23: Line 23:
अगाडि अध्यात्मविषे थियो जति
अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।  
थिएन की शिल्पविषे उती मति ।  
बनेन होला किन रेल, बेलुन
बनेन होला किन रेल, बेलुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:29, 19 April 2025

This page has been validated

दयालू सर्वज्ञ ठुला अनीश्वर
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर ।
कठै कुनै आज नपाइने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४९॥

अनन्त बाटा बटुवा छ एक यो ।
विचारमा रङ्‌मङिदा जनम् गयो ।
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥

कतै कसैको मराणान्त दुर्गति
कतै भने सम्पतिमाथि सम्पति ।
छ पक्षपाती सब जातिको किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५१॥

उही कुलो खेत बिऊ सबै उही
उसै गरी रोपिदिए पनि कहीं ।
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५२॥

अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।
बनेन होला किन रेल, बेलुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥