Page:Buddhi binod.pdf/11: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 13: | Line 13: | ||
कतै महापाप छ मद्य गोवध | कतै महापाप छ मद्य गोवध | ||
कतै यही धर्म गनिन्छ मुख्यतः । | कतै यही धर्म गनिन्छ मुख्यतः । | ||
पत्याउने के नपत्याउने कुन | पत्याउने के नपत्याउने कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥ | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥ | ||
Latest revision as of 20:23, 19 April 2025
This page has been validated
पिएर गीताऽमृत शान्त भैकन
कुटुम्ब-हत्या-तिर लागनू किन ?
किरीटिले तत्व बुझे अहो ! कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३९॥
जती जगत्मा छ मनुष्यको गण
उती सबैका मनु मूल कारण ।
छँदा-छँदै जाति पृथक् बने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४०॥
कतै महापाप छ मद्य गोवध
कतै यही धर्म गनिन्छ मुख्यतः ।
पत्याउने के नपत्याउने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥
निबद्ध एकै पतिमा वधू जन
वधू हजारौं पतिले हुने लिन ।
चलेन पत्नीव्रतको प्रथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४२॥
विभाग वर्णाऽऽश्रमको गरीकन
जुदा जुदा जाति खडा गराउन ।
समर्थ को हो किन यो गरेछन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४३॥