Jump to content

Page:Mhendu.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> फूलमा दाना ::सिक्छन्‌ ढलमल {{pcn|[२१]}} उनको हाँसो ::देखी फुल्छन्‌ । राम्रा रंगका ::फूलहरू पलपल ॥ {{pcn|[२२]}} छन्‌ फुलबूना ::बनकी टूना । मृगिनीका कै ::'गहका कुना ॥ {{pcn|[२३]}} हुवैनन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 68: Line 68:
::स्वर्गरजाइँ ॥
::स्वर्गरजाइँ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{end center block}}

Revision as of 16:46, 16 April 2025

This page has not been proofread

फूलमा दाना
सिक्छन्‌ ढलमल

[२१]
उनको हाँसो
देखी फुल्छन्‌ ।
राम्रा रंगका
फूलहरू पलपल ॥

[२२]
छन्‌ फुलबूना
बनकी टूना ।
मृगिनीका कै
'गहका कुना ॥

[२३]
हुवैनन्‌ म्हैन्द
निष्ठुर हाइ ।
रोक्छन्‌ आमा
दाज्यू भाइ ।

[२४]
मैले देखेँ
सपना यौटा ।
उड्धिन्‌, लग्थे
सुरपर शौता ॥
ओढ्थिन्‌ उनले
सुनसुत बादल ।
बज्थे करमा
सब मृदु स्वरमा
छुनु कनु साना ।
दिल-रव नाना ।
म थिएँ तलतिर
उनतिर हेर्ने-
टप्प खसालिन्‌
आँसु दाना ॥

[२५]
ब्यूकी देख्छु
रर्दी उषा
तस्विर सुन्दर
सुनकी भूषा ॥

[२६]
प्रणय प्तिज्ञा-
माथि तुषारो ।
पर्दछ, बोल्नै
अब कति गाह्रो
कुसुम- तनीको
रून्‌ दिल साह्रो ॥

[२७]
रोयौ किन रे?
हाँगा, भन रे ?
हामी खोज्छौँ
उषा छुन रे !
सपना जस्ती
घरकी सुन रे ।
टकले फुल्छौँ
रोई मन रे!

[२८]
तर उनलाई
हाय ! न हाई !
आफ्नै छविकी
स्वर्गरजाइँ ॥