Jump to content

Page:Ek chihan.pdf/62: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा  
"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा  
दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइ
दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइ रहने स्वतन्त्रता तिमीले पाइ
रहन सकौली ?"
रहन सकौली ?"


"सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?"
"सोधेर र थाहा दिएर मैले किन आइ रहनु पर्छ र ?"


"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !"
"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुँ !"


"थाहा भए के त ।"
"थाहा भए के त ।"


"आउन रोकिदेलान् ।"
"आउन रोकि देलान् ।"


"म पशु त होइन, बाँधिराख्न सक्लान् ?"
"म पशु त होइन, बाँधि राख्न सक्लान् ?"


"मनाही गरिदिए भने तिमी के गछर्यौ ?"
"मनाही गरि दिए भने तिमी के गर्छ्यौ ?"


"म मान्दिनँ ।"
"म मान्दिनँ ।"


"नमानेर के गछर्यौ ?"
"नमानेर के गर्छ्यौ ?"


"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण  
"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण  
भावमा नानीथकुंले भनिन् ।
भावमा नानीथकुँले भनिन् ।


"त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन  
"त्यसो भनेको होइन नानीथकुँ ! शरण त के तिम्रा लागि म ज्यान दिन  
पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।
पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न,  
"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न,  
Line 30: Line 30:
छैन ।"
छैन ।"


नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।
नानीथकुँले यति भनेपछि डाक्टर गोदत्त प्रसाद एक छिन घुर्न थाले ।


अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?"
अनि बाहिर घाम हेरेर नानीथकुँले भनिन्– "तपाईंलाई अबेर भयो कि ?"


"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !"  
"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुँ !"  
भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।


"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"
"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"


"एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन  
"एक घण्टा मात्र के चौबिसै घण्टा तिमी बस न नानीथकुँ । फुर्सत कुन  
कुरा हो र ? बनाए छ, नबनाए छैन ।"
कुरा हो र ? बनाए छ नबनाए छैन ।"


"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै
"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै
पर्छ होला !"
पर्छ होला !"
{{nop}}
{{nop}}

Latest revision as of 15:01, 22 June 2025

This page has been proofread

"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइ रहने स्वतन्त्रता तिमीले पाइ रहन सकौली ?"

"सोधेर र थाहा दिएर मैले किन आइ रहनु पर्छ र ?"

"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुँ !"

"थाहा भए के त ।"

"आउन रोकि देलान् ।"

"म पशु त होइन, बाँधि राख्न सक्लान् ?"

"मनाही गरि दिए भने तिमी के गर्छ्यौ ?"

"म मान्दिनँ ।"

"नमानेर के गर्छ्यौ ?"

"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुँले भनिन् ।

"त्यसो भनेको होइन नानीथकुँ ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"

नानीथकुँले यति भनेपछि डाक्टर गोदत्त प्रसाद एक छिन घुर्न थाले ।

अनि बाहिर घाम हेरेर नानीथकुँले भनिन्– "तपाईंलाई अबेर भयो कि ?"

"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुँ !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"

"एक घण्टा मात्र के चौबिसै घण्टा तिमी बस न नानीथकुँ । फुर्सत कुन कुरा हो र ? बनाए छ नबनाए छैन ।"

"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै पर्छ होला !"