Jump to content

Page:Ek chihan.pdf/59: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''अठार'''}}}}
{{Right|{{larger|'''अठार'''}}}}


बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान
बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै  
बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै  
भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै  
भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै  
तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान  
तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान  
गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि  
गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि  
नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी  
नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी  
हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू  
हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू  
कसैले गरेनन् ।
कसैले गरेनन् ।


बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए ।  
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए ।  
दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ  
दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ
लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं
लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ
आज तानकोठामा आउनसम्म पनि आइनन् ।
आज तान कोठामा आउनसम्म पनि आइनन् ।


डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै  
डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै  
गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं
गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ
यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित  
यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित  
हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो ।  
हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो ।  
डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको
डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको
दिलमा घाउ गराउँथ्यो ।
दिलमा घाउ गराउँथ्यो ।
{{nop}}
{{nop}}

Latest revision as of 14:46, 22 June 2025

This page has been proofread

अठार

बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू कसैले गरेनन् ।

बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ आज तान कोठामा आउनसम्म पनि आइनन् ।

डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो । डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको दिलमा घाउ गराउँथ्यो ।