Page:Ek chihan.pdf/48: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको | मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको | ||
सास फेर्न | सास फेर्न औताइ रहेकी लतमाया राम बहादुरको भनाइमा स्वर्गको मृगतृष्णा | ||
देख्न थालिन् । उनलाई | देख्न थालिन् । उनलाई राम बहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा | ||
मन्जुर भयो, तैपनि | मन्जुर भयो, तैपनि 'हुन्छ' नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न | ||
सकिनन् । त्यसैले उनले | सकिनन् । त्यसैले उनले राम बहादुरलाई यति मात्र भनिन्– "छोराहरूसित | ||
पनि एक चोटि सल्लाह | पनि एक चोटि सल्लाह गरूँ ।" | ||
छोराहरूमा पनि | छोराहरूमा पनि अष्ट नारानको स्वाभिमानी आत्माको छाया परेको | ||
छैन होला भन्ने | छैन होला भन्ने राम बहादुरलाई विश्वास भएन । त्यसैले झट्ट राम बहादुरले | ||
भने– "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन | |||
गर्ने ? तिमीले | गर्ने ? तिमीले 'हुन्छ म यस्तै गर्छु' भनेपछि उनीहरूको के लाग्छ ? मेरो | ||
सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह | सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरि रहने होइन कि 'तिमीहरूको | ||
पिताज्यूको वचन | पिताज्यूको वचन गइ सकेको हुनाले मैले पनि वचन दिइसकें' भनी सरासर | ||
भनि देऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, | |||
सुब्बा साहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नु हुनेछ ।" | |||
लतमाया | लतमाया राम बहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही | ||
जबाफ दिइनन् । तर उनलाई | जबाफ दिइनन् । तर उनलाई राम बहादुरको सल्लाह मिठो लागि सकेको थियो । | ||
"मैले | "मैले भने जस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै राम बहादुरले | ||
भने । | भने । | ||
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् । | अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् । | ||
"है त, | "है त, 'हुन्छ भनी' भनेर सुब्बा साहेबलाई भनि दिऊँ ?" राम बहादुरले | ||
फेरि भने । | फेरि भने । | ||
" | "पर्खनु होस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । | ||
"त्यसो भए कहिले आऊँ त ?" | "त्यसो भए कहिले आऊँ त ?" | ||
" | "आइ रहनु होस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर | ||
जबाफ दिइन् । | जबाफ दिइन् । | ||
लतमायाले केवल टाउको | "लौ त्यसो भए म पर्सि नै आउँछु ।" | ||
लतमायाले केवल टाउको हल्लाए जस्तो गरिन् । राम बहादुर हाँस्तै | |||
सरासर गए । | सरासर गए । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 12:27, 22 June 2025
मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइ रहेकी लतमाया राम बहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई राम बहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि 'हुन्छ' नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले राम बहादुरलाई यति मात्र भनिन्– "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ ।"
छोराहरूमा पनि अष्ट नारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने राम बहादुरलाई विश्वास भएन । त्यसैले झट्ट राम बहादुरले भने– "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले 'हुन्छ म यस्तै गर्छु' भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरि रहने होइन कि 'तिमीहरूको पिताज्यूको वचन गइ सकेको हुनाले मैले पनि वचन दिइसकें' भनी सरासर भनि देऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बा साहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नु हुनेछ ।"
लतमाया राम बहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई राम बहादुरको सल्लाह मिठो लागि सकेको थियो । "मैले भने जस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै राम बहादुरले भने ।
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।
"है त, 'हुन्छ भनी' भनेर सुब्बा साहेबलाई भनि दिऊँ ?" राम बहादुरले फेरि भने ।
"पर्खनु होस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?"
"आइ रहनु होस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् ।
"लौ त्यसो भए म पर्सि नै आउँछु ।"
लतमायाले केवल टाउको हल्लाए जस्तो गरिन् । राम बहादुर हाँस्तै सरासर गए ।