Jump to content

Page:Ek chihan.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"


"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने ।  
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने ।  


"आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले  
"आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले  
भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !"
भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !"


"को डाक्टर ?"
"को डाक्टर ?"


"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका  
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका  
गोदत्तप्रसाद !"
गोदत्त प्रसाद !"


लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न  
लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न  
नगरीकन चुप लागे ।
नगरीकन चुप लागे ।


हाकुमायाले फेरि भनिन्- "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे,  
हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे,  
घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त  
घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त  
उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि  
उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि  
देखे रे, नानीथकुँ हाँसी रे !"
देखे रे, नानीथकुँ हाँसी रे !"


"साँच्ची हो रे ?" शिवनारानले भने ।
"साँच्चि हो रे ?" शिव नारानले भने ।


"साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ  
"साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ  
भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।"
भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।"


"मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।"
"मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।"


"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि
राखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।"
राखेको त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का भयो ।"


"फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई  
"फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई  
नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा  
नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा  
सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"
सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"


"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत  
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत  
होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं
होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ
नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे  
नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे  
बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।


"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?"
"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?"
{{nop}}
{{nop}}

Latest revision as of 11:59, 22 June 2025

This page has been proofread

"किन ?"

"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"

"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने ।

"आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !"

"को डाक्टर ?"

"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्त प्रसाद !"

लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।

हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"

"साँच्चि हो रे ?" शिव नारानले भने ।

"साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।"

"मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।"

"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का भयो ।"

"फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"

"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।

"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?"