Jump to content

Page:Ek chihan.pdf/5: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो
लतमायालाई दृढ विश्वास भएर आयो कि जिन्दगी नै दिन्छ भने त्यस
पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन,  
पच्चिस रुपियाँलाई अन्त्येष्टि क्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन,  
बरु पाप हो ।
बरु त्यो काम पाप हो ।


यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी  
यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी  
गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो तर
गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो साथसाथै
त्यसले सबैलाई अफसोस पनि गरायो । विशेष गरेर जेठा छोरा शिव
त्यसले सबैलाई अफसोस पनि गरायो । अझ विशेष गरेर जेठा छोरा शिव
नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदासमेत डाक्टरलाई  
नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदा समेत डाक्टरलाई  
देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिभन्दा
देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिको
बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएकाले आमाको सल्लाह  
कुराभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएको हुनाले आमाको सल्लाह  
साह्रै बुद्धिमानी पनि लाग्यो शिवनारानलाई । साथै शिव
एउटा सार्‍है बुद्धिमानी सुझाउ पनि शिव नारानलाई लाग्यो । साथै शिव
नारानको दृढ विश्वास थियो- डाक्टरी औषधी पाएपछि बाबु  
नारानलाई यो पनि दृढ विश्वास लाग्यो कि डाक्टरी औषधी पाएपछि बाबु  
अवश्य निको हुन्छन् ।
अवश्य निको हुन्छन् ।


डाक्टर गोदत्तप्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका  
डाक्टर गोदत्त प्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका  
डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो ।  
डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो ।  
डाक्टरकहाँ पुगेर शिवनारानले भने- "डाक्टरसाहेब ! दुई महिनादेखि बाबु  
डाक्टरकहाँ पुगेर शिव नारानले भने- "डाक्टर साहेब ! दुई महिनादेखि बाबु  
बिरामी हुनुहुन्छ डाक्टरसाहेबले एक चोटि हेरिदिनुभयो भने निको हुने  
बिरामी हुनु हुन्छ डाक्टर साहेबले एक चोटि हेरि दिनु भयो भने निको हुने  
आशा गरेर आएको हुँ, डाक्टरसाहेब !"
आशा गरेर आएको हुँ, डाक्टर साहेब !"


तर डाक्टर गोदत्तप्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको  
तर डाक्टर गोदत्त प्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको  
देखेर शिवनारानको आफैँ घाउ भइरहेको मनमा अझ बढ्ता चोट पयो,  
देखेर शिव नारानको आफैँ घाउ भइ रहेको मनमा अझ बढ्ता चोट पर्‍यो,  
तैपनि ठुला मानिस भएका हुनाले शिवनारानले फेरि एक बाजि भन्ने साहस  
तैपनि ठुला मानिस भएका हुनाले शिव नारानले फेरि एक बाजि भन्ने साहस  
गरेर बोले- "डाक्टरसाहेब !"
गरेर बोले– "डाक्टर साहेब !"


टेबिलमा राखिछाडेको एउटा पुस्तक पल्टाएर शिवनारानप्रति ‘पख,  
टेबिलमा राखि छाडेको एउटा पुस्तक पल्टाएर शिव नारानप्रति 'पख,  
नकराऊ’ भन्ने इसारामा डाक्टर गोदत्तप्रसादले केवल देब्रे हात हल्लाए ।
नकराऊ' भन्ने इसारामा डाक्टर गोदत्त प्रसादले केवल देब्रे हात हल्लाए ।


आशा लाग्दो अनुहारमा शिवनारान त्यसै उभिरहे । डाक्टर किताब  
आशा लाग्दो अनुहारमा शिव नारान त्यसै उभि रहे । डाक्टर किताब  
हेदहिर्दै ‘कोही आयो कि, कोही आयो कि’ भन्ने ध्याउन्नमा बाहिर ढोकातिर,  
हेर्दाहेर्दै 'कोही आयो कि, कोही आयो कि' भन्ने ध्याउन्नमा बाहिर ढोकातिर,  
भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बितिसक्यो शिवनारानमा
भर्‍याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बिति सक्यो शिव नारानमा
अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे  
अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे  
पनि टिक्न दिएन । अनि यही आवेगमा शिवनारानले फेरि बोल्ने साहस गरि
पनि टिक्न दिएन । अनि यही आवेगमा शिव नारानले फेरि बोल्ने साहस गरि

Latest revision as of 14:18, 21 June 2025

This page has been proofread

लतमायालाई दृढ विश्वास भएर आयो कि जिन्दगी नै दिन्छ भने त्यस पच्चिस रुपियाँलाई अन्त्येष्टि क्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन, बरु त्यो काम पाप हो ।

यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो साथसाथै त्यसले सबैलाई अफसोस पनि गरायो । अझ विशेष गरेर जेठा छोरा शिव नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिको कुराभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएको हुनाले आमाको सल्लाह एउटा सार्‍है बुद्धिमानी सुझाउ पनि शिव नारानलाई लाग्यो । साथै शिव नारानलाई यो पनि दृढ विश्वास लाग्यो कि डाक्टरी औषधी पाएपछि त बाबु अवश्य निको हुन्छन् ।

डाक्टर गोदत्त प्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिव नारानले भने- "डाक्टर साहेब ! दुई महिनादेखि बाबु बिरामी हुनु हुन्छ । डाक्टर साहेबले एक चोटि हेरि दिनु भयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टर साहेब !"

तर डाक्टर गोदत्त प्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिव नारानको आफैँ घाउ भइ रहेको मनमा अझ बढ्ता चोट पर्‍यो, तैपनि ठुला मानिस भएका हुनाले शिव नारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले– "डाक्टर साहेब !"

टेबिलमा राखि छाडेको एउटा पुस्तक पल्टाएर शिव नारानप्रति 'पख, नकराऊ' भन्ने इसारामा डाक्टर गोदत्त प्रसादले केवल देब्रे हात हल्लाए ।

आशा लाग्दो अनुहारमा शिव नारान त्यसै उभि रहे । डाक्टर किताब हेर्दाहेर्दै 'कोही आयो कि, कोही आयो कि' भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्‍याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बिति सक्यो । शिव नारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिव नारानले फेरि बोल्ने साहस गरि