Page:Ritubichar.pdf/64: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
फिका देखिन्छ अत्यन्त पद्मले शून्य | फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी । | ||
जूवामा धन फालेका जुवाडेको | जूवामा धन फालेका जुवाडेको मुखैसरी ॥ | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
पद्मको रसका प्रेमी मदमत्त | पद्मको रसका प्रेमी मदमत्त मधुव्रत । | ||
घुम्न थाले अँगेरीका फूलमा | घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित ॥ | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, | कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल । | ||
कालले गनियो खालि फूलैमा तुच्छ | कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥ | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
शीतले फूलका साना बगैंचाका | शीतले फूलका साना बगैंचाका बुटाहरू । | ||
परलोक भये धेरै, रुन्छन् थोरै | परलोक भये धेरै, रुन्छन् थोरै धुरूधुरू ॥ | ||
{{pcn|९२}} | {{pcn|९२}} | ||
रसधारा चुसी सारा तुषाराले | रसधारा चुसी सारा तुषाराले वनस्थली । | ||
गरायो नीरसाऽऽकार छैन केही | गरायो नीरसाऽऽकार छैन केही झिलीमिली ॥ | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
पुष्पपल्लवको शोभा नभयेको वनै | पुष्पपल्लवको शोभा नभयेको वनै सब । | ||
बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं | बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं अब ॥ | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
गलेकी हिमवर्षाले, बलेकी तपले | गलेकी हिमवर्षाले, बलेकी तपले अति । | ||
गौरी झैं कलिला साना प्याहुली छन् | गौरी झैं कलिला साना प्याहुली छन् कताकति ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
देखिन्छ वनमा यौटा फुलेको लोध | देखिन्छ वनमा यौटा फुलेको लोध हालमा । | ||
सिद्धिसम्पत्तिले पूर्ण योगी झैं | सिद्धिसम्पत्तिले पूर्ण योगी झैं विश्वजालमा ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} | ||
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको | लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण । | ||
देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन? | देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:52, 5 May 2025
This page has not been proofread
८८
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी ।
जूवामा धन फालेका जुवाडेको मुखैसरी ॥
८९
पद्मको रसका प्रेमी मदमत्त मधुव्रत ।
घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित ॥
९०
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल ।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥
९१
शीतले फूलका साना बगैंचाका बुटाहरू ।
परलोक भये धेरै, रुन्छन् थोरै धुरूधुरू ॥
९२
रसधारा चुसी सारा तुषाराले वनस्थली ।
गरायो नीरसाऽऽकार छैन केही झिलीमिली ॥
९३
पुष्पपल्लवको शोभा नभयेको वनै सब ।
बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं अब ॥
९४
गलेकी हिमवर्षाले, बलेकी तपले अति ।
गौरी झैं कलिला साना प्याहुली छन् कताकति ॥
९५
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा ।
सिद्धिसम्पत्तिले पूर्ण योगी झैं विश्वजालमा ॥
९६
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण ।
देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन ?