Page:Ek chihan.pdf/113: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो । | रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै | ||
नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । | |||
झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई | |||
सोह्रमा तान्दा एक्का आएको जस्तो भयो । | |||
रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट | रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा | ||
शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको | |||
सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु | |||
पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले | |||
र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिवनारान | |||
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ? | |||
प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् । | प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले | ||
पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि | |||
कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! | |||
नानीथकुं प्रसन्न नै थिइन् । | |||
चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले । | चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने | ||
प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झट्टै बिहे सिद्ध्याउन | |||
चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको | |||
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि | |||
नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि | |||
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले । | |||
⬥ | ⬥ | ||
अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो । | अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ | ||
भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी | |||
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति | |||
खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई | |||
लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य | |||
झन् चम्केको देखियो । | |||
{{nop}} |
Revision as of 22:00, 20 April 2025
रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।
रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिवनारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?
प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् ।
चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले ।
⬥
अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो ।