Jump to content

Page:Ek chihan.pdf/112: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन रा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य  
छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको  
थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् ।  


खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट चिनजान भएको थियो शिवनारानसँग नानीथकुं पनि खेतमै काम गरिरहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए नानीथकुंको सौन्दर्य अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए
रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका
बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र  
आमा- बस, परिवारको नाममा यत्तिकै घुमीघुमीकन काठमाडौँ उपत्यकाको
खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली
अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो ।  
यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने उहाँका किसानहरूलाई
सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।


दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।
खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिव
नारानसँग । नानीथकुं पनि खेतमै काम गरि
रहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि
गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर,
शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए ।
नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध
भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी
एकाएक आह्लादित भए ।
 
दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि  
खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि  
खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका  
निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई  
मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ ।  
उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही  
हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि  
बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता  
गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर  
हुन्छन् र अगाडि बढ्छन् ।
{{nop}}

Revision as of 21:57, 20 April 2025

This page has not been proofread

दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् ।

रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।

खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिव नारानसँग । नानीथकुं पनि खेतमै काम गरि रहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए । नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए ।

दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।