Page:Ritubichar.pdf/58: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
हेमन्त सिन्धुमा घुम्दा कुइरोरूप | हेमन्त सिन्धुमा घुम्दा कुइरोरूप मन्दर । | ||
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग | जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
तेही मन्थनका छिर्का तुषाराको | तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा । | ||
बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा? | बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा ? | ||
{{pcn|३६}} | {{pcn|३६}} | ||
कम्ती भयो भने मैत्री शीतको | कम्ती भयो भने मैत्री शीतको कुइरोसित । | ||
तुषारो जोरले हाँस्छ खित्का छोडेर | तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित ॥ | ||
{{pcn|३७}} | {{pcn|३७}} | ||
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि | बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ । | ||
बिहान उठदा अर्कै सेताम्मे हिमवृष्टि | बिहान उठदा अर्कै सेताम्मे हिमवृष्टि छ ॥ | ||
{{pcn|३८}} | {{pcn|३८}} | ||
साना परालका छाना तुषारो | साना परालका छाना तुषारो थुप्रिँदामहाँ । | ||
सिङ्गमर्मरका जस्तै मजाका देखिने | सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा ॥ | ||
{{pcn|३९}} | {{pcn|३९}} | ||
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो | छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी । | ||
कुनै कपास झैं सेतै फुलेकी | कुनै कपास झैं सेतै फुलेकी बुढियासरी ॥ | ||
{{pcn|४०}} | {{pcn|४०}} | ||
ठण्डीका डरले सेतो मण्डलीमा | ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू । | ||
नीदले पृथिवी देवी बनीछन् की लुटूपुटू? | नीदले पृथिवी देवी बनीछन् की लुटूपुटू ? | ||
{{pcn|४१}} | {{pcn|४१}} | ||
खात हो वा तुषाराको यद्वा दुःखप्रपात हो? | खात हो वा तुषाराको यद्वा दुःखप्रपात हो ? | ||
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो? | फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ? | ||
{{pcn|४२}} | {{pcn|४२}} | ||
तुषाराका तिखा सेता काँढा हान्दै | तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर । | ||
रात्रिदुम्सी घुस्यो यद्वा | रात्रिदुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रिगुफातिर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
३४
हेमन्त सिन्धुमा घुम्दा कुइरोरूप मन्दर ।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥
३५
तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा ।
बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा ?
३६
कम्ती भयो भने मैत्री शीतको कुइरोसित ।
तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित ॥
३७
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बिहान उठदा अर्कै सेताम्मे हिमवृष्टि छ ॥
३८
साना परालका छाना तुषारो थुप्रिँदामहाँ ।
सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा ॥
३९
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
कुनै कपास झैं सेतै फुलेकी बुढियासरी ॥
४०
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
नीदले पृथिवी देवी बनीछन् की लुटूपुटू ?
४१
खात हो वा तुषाराको यद्वा दुःखप्रपात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?
४२
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
रात्रिदुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रिगुफातिर ॥