Jump to content

Page:Ek chihan.pdf/101: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने । नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न  
लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।

नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् ।  
अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही  
धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"

"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।
"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।

"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए  
पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
Line 13: Line 17:
"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एकछिनमा यो दिक्दारी मेटिनेछ ।"
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एक
छिनमा यो दिक्दारी मेटिनेछ ।"

"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"
"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"

"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकैछिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्तप्रसादले सम्झाएर भने ।
"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता  
दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकै
छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त
प्रसादले सम्झाएर भने ।

"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् ।
"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न  
चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म  
नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् ।

"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि  
सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण  
गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको  
बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै  
भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।

नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य
नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर  
रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य

Revision as of 21:37, 20 April 2025

This page has not been proofread

"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।

नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"

"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।

"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"बहुलाही । सब ठीकठाक गरिसकें भन्छु त ।"

"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"

"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"

"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।