Page:Ritubichar.pdf/32: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
मेघमाला मिले एकैछत्त भै | मेघमाला मिले एकैछत्त भै गगनैभरी । | ||
उर्लंदै सिन्धुमा चारैतर्फबाट | उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
नाट्यशाला छ आकाश, नाचले बिजुली | नाट्यशाला छ आकाश, नाचले बिजुली नटी । | ||
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि | ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
घरीघरी त्यो देखिन्छे मेघमा बिजुली | घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी । | ||
कृष्णका काखमा मानू लेटेकी | कृष्णका काखमा मानू लेटेकी राधिकासरी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
राम्रा नयाँ नयाँ रङ्ग निकालेर | राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी । | ||
सङ्घ चक्कर खाँदै छ कविको | सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा | जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो । | ||
मेघले बिजुलीरूप झण्डा विजयको | मेघले बिजुलीरूप झण्डा विजयको गड्यो ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
घनक्क पारी घन्काई गम्भीर | घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम । | ||
गर्न लाग्यो महामेघ जलको वृष्टि | गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
पहिला जलका बिन्दु जोरले जुन | पहिला जलका बिन्दु जोरले जुन आउँछन् । | ||
रूपमा पुतलीतुल्य धूपमा ती | रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन् ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
पहिले पृथिवीमाथि वर्षंदा जल | पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी । | ||
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं | सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
साना सीकरले सारा अङ्ग सर्र | साना सीकरले सारा अङ्ग सर्र रसाउँछ । | ||
स्वर्गीय सुखवर्षाको मनमा हर्ष | स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
१६
मेघमाला मिले एकैछत्त भै गगनैभरी ।
उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी ॥
१७
नाट्यशाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी ॥
१८
घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिकासरी ॥
१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी ॥
२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुलीरूप झण्डा विजयको गड्यो ॥
२१
घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन् ॥
२३
पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥
२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ ॥