Page:Ek chihan.pdf/59: Difference between revisions
→Not proofread: Created page with "अठार बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अठार | {{Right|{{larger|'''अठार'''}}}} | ||
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान | |||
बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै | |||
भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै | |||
तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान | |||
गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि | |||
नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी | |||
हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू | |||
कसैले गरेनन् । | |||
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो । | बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । | ||
दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ | |||
लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं | |||
आज तानकोठामा आउनसम्म पनि आइनन् । | |||
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै | |||
गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं | |||
यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित | |||
हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । | |||
डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको | |||
दिलमा घाउ गराउँथ्यो । | |||
{{nop}} |
Revision as of 12:40, 13 April 2025
अठार
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन् ।
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो ।