Page:Ek chihan.pdf/34: Difference between revisions
→Not proofread: Created page with ""मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नुभएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।" "व..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई | "मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नु | ||
भएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न | |||
पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।" | |||
"वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।" | "वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ | ||
गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी | |||
बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।" | |||
खित्त हाँसेर नानीथकुंले भनिन्- "भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।" | खित्त हाँसेर नानीथकुंले भनिन्- "भो, बाबा भो, आज एक दिनलाई | ||
माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।" | |||
अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- "होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !" अलि हाँसेर- "मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुं !" लोलाएका आँखामा खिस्स हाँसेर "तिमीलाई ‘थकुं’ झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?" | अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- "होइन ब्यारे, ठट्टा | ||
गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय | |||
देउली नि !" अलि हाँसेर- "मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन | |||
नजाओस् है, नानीथकुं !" लोलाएका आँखामा खिस्स हाँसेर "तिमीलाई ‘थकुं’ | |||
झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?" | |||
मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- "किन ?" | मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- "किन ?" | ||
"नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।" नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् । | "नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।" | ||
नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक | |||
चोटि पुलुक्क मात्र हेरिन् । | |||
"रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने गरुँला ।" खिस्स हाँसेर गोदत्तप्रसादले भने । | "रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने | ||
गरुँला ।" खिस्स हाँसेर गोदत्तप्रसादले भने । | |||
यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् । | यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले | ||
पुलुक्क मात्र हेरिन् । | |||
"मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !" | "मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ | ||
कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !" | |||
"अँ हो !" लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् । | "अँ हो !" लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् । | ||
"लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै भन्ने गरुँला, अब त भो ?" आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने । | "लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै | ||
भन्ने गरुँला, अब त भो ?" आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने । | |||
"अँ हो !" | "अँ हो !" | ||
"अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?" आँखा नचाएर डाक्टर गोदत्तप्रसादले भने । | "अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?" आँखा नचाएर डाक्टर | ||
गोदत्तप्रसादले भने । | |||
{{nop}} |
Revision as of 11:19, 13 April 2025
"मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नु भएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।"
"वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।"
खित्त हाँसेर नानीथकुंले भनिन्- "भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।"
अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- "होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !" अलि हाँसेर- "मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुं !" लोलाएका आँखामा खिस्स हाँसेर "तिमीलाई ‘थकुं’ झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?"
मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- "किन ?"
"नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।" नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् ।
"रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने गरुँला ।" खिस्स हाँसेर गोदत्तप्रसादले भने ।
यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् ।
"मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !"
"अँ हो !" लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् ।
"लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै भन्ने गरुँला, अब त भो ?" आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने ।
"अँ हो !"
"अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?" आँखा नचाएर डाक्टर गोदत्तप्रसादले भने ।