Page:Ek chihan.pdf/48: Difference between revisions
→Not proofread: Created page with " मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि ‘हुन्छ’ नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले रामबहादुरलाई यति मात्र भनिन्- "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ।" | मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको | ||
सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा | |||
देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा | |||
मन्जुर भयो, तैपनि ‘हुन्छ’ नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न | |||
सकिनन् । त्यसैले उनले रामबहादुरलाई यति मात्र भनिन्- "छोराहरूसित | |||
पनि एक चोटि सल्लाह गरूँ।" | |||
छोराहरूमा पनि अष्टनारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने रामबहादुरलाई विश्वास भएन । त्यसैले झट्ट रामबहादुरले भने- "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले ‘हुन्छ म यस्तै गर्छु’ भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरिरहने होइन कि ‘तिमीहरूको पिताज्यूको वचन गइसकेको हुनाले मैले पनि वचन दिइसकें’ भनी सरासर भनिदेऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बासाहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नुहुनेछ ।" | छोराहरूमा पनि अष्टनारानको स्वाभिमानी आत्माको छाया परेको | ||
छैन होला भन्ने रामबहादुरलाई विश्वास भएन । त्यसैले झट्ट रामबहादुरले | |||
भने- "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन | |||
गर्ने ? तिमीले ‘हुन्छ म यस्तै गर्छु’ भनेपछि उनीहरूको के लाग्छ ? मेरो | |||
सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरिरहने होइन कि ‘तिमीहरूको | |||
पिताज्यूको वचन गइसकेको हुनाले मैले पनि वचन दिइसकें’ भनी सरासर | |||
भनिदेऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, | |||
सुब्बासाहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नुहुनेछ ।" | |||
लतमाया रामबहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई रामबहादुरको सल्लाह मिठो लागिसकेको थियो । "मैले भनेजस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै रामबहादुरले भने । | लतमाया रामबहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही | ||
जबाफ दिइनन् । तर उनलाई रामबहादुरको सल्लाह मिठो लागिसकेको थियो । | |||
"मैले भनेजस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै रामबहादुरले | |||
भने । | |||
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् । | अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् । | ||
"है त, ‘हुन्छ भनी’ भनेर सुब्बासाहेबलाई भनिदिऊँ ?" रामबहादुरले फेरि भने । | "है त, ‘हुन्छ भनी’ भनेर सुब्बासाहेबलाई भनिदिऊँ ?" रामबहादुरले | ||
फेरि भने । | |||
"पर्खनुहोस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?" | "पर्खनुहोस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । | ||
"त्यसो भए कहिले आऊँ त ?" | |||
"आइरहनुहोस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् । "लौ त्यसो भए म पर्सि नै आउँछु ।" | "आइरहनुहोस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर | ||
जबाफ दिइन् । "लौ त्यसो भए म पर्सि नै आउँछु ।" | |||
लतमायाले केवल टाउको हल्लाएजस्तो गरिन् । | लतमायाले केवल टाउको हल्लाएजस्तो गरिन् । रामबहादुर हाँस्तै | ||
सरासर गए । | |||
रामबहादुर हाँस्तै सरासर गए । | {{nop}} |
Revision as of 11:48, 13 April 2025
मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि ‘हुन्छ’ नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले रामबहादुरलाई यति मात्र भनिन्- "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ।"
छोराहरूमा पनि अष्टनारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने रामबहादुरलाई विश्वास भएन । त्यसैले झट्ट रामबहादुरले भने- "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले ‘हुन्छ म यस्तै गर्छु’ भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरिरहने होइन कि ‘तिमीहरूको पिताज्यूको वचन गइसकेको हुनाले मैले पनि वचन दिइसकें’ भनी सरासर भनिदेऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बासाहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नुहुनेछ ।"
लतमाया रामबहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई रामबहादुरको सल्लाह मिठो लागिसकेको थियो । "मैले भनेजस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै रामबहादुरले भने ।
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।
"है त, ‘हुन्छ भनी’ भनेर सुब्बासाहेबलाई भनिदिऊँ ?" रामबहादुरले फेरि भने ।
"पर्खनुहोस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?"
"आइरहनुहोस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् । "लौ त्यसो भए म पर्सि नै आउँछु ।"
लतमायाले केवल टाउको हल्लाएजस्तो गरिन् । रामबहादुर हाँस्तै सरासर गए ।