Page:Ek chihan.pdf/14: Difference between revisions
→Not proofread: Created page with "पाँच डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त ह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पाँच | {{Right|{{larger|'''पाँच'''}}}} | ||
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको | |||
बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले | |||
मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा | |||
युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी | |||
हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । | |||
आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि | |||
गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा | |||
एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के | |||
भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई | |||
देखाएर नचाहिँदो ऋण नबोक । | |||
कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले | |||
बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?" | |||
अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।" | शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् | ||
बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले | |||
नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।" | |||
अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ | |||
बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी | |||
औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।" | |||
{{nop}} |
Revision as of 15:14, 10 April 2025
पाँच
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।
कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?"
शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"