Jump to content

Page:Ek chihan.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने । "त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने ।
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले  
भने ।


"त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्टनारानले भने ।
"त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती  
डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका  
मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका  
पनि छैनन् ।" सशङ्कित भावमा अष्टनारानले भने ।


वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू अष्टनारानलाई सम्झाएर भने- "डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा  
पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको  
गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू  
अष्टनारानलाई सम्झाएर भने- "डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै  
थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु  
मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"


"ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्टनारानले भने ।
"ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस  
एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट
नारानले भने ।


"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।
"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा  
सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।" अलि नम्रतापूर्ण भावमा  
लतमायाले भनिन् ।
{{nop}}

Revision as of 15:14, 10 April 2025

This page has not been proofread

"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने ।

"त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्टनारानले भने ।

वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू अष्टनारानलाई सम्झाएर भने- "डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"

"ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट नारानले भने ।

"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।