Page:Ek chihan.pdf/16: Difference between revisions
→Not proofread: Created page with "छ बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छ | {{Right|{{larger|'''छ'''}}}} | ||
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ | |||
सकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर | |||
गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट | |||
नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले | |||
उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो । | |||
अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ | |||
सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी | |||
अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए । | |||
भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, | |||
बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि | |||
छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि | |||
रहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द | |||
लागिरहेको थियो । | |||
सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर | |||
भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरि | |||
रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु | |||
पर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।" | |||
"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिवनारानले भने । | मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर | ||
बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले | |||
गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! | |||
यसलाई तिमी दीक्षा पनि सम्झ ।" | |||
"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका | |||
छन् ।" शिवनारानले भने । | |||
{{nop}} |
Revision as of 15:26, 10 April 2025
छ
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो ।
सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"
मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"
"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिवनारानले भने ।