Jump to content

Page:Ek chihan.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''तिन'''}}}}
{{Left|{{larger|'''तिन'''}}}}


अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।
अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन  
गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया  
अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।


किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुननारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।
किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले  
सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन
नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई  
सिकर्मीको काम सिकाएका थिए ।


ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो ।
ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो,  
 
किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट  
तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।
आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन  
थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे  
पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी  
भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै  
बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला  
पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो  
अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी  
पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर  
आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।
{{nop}}
{{nop}}

Revision as of 15:03, 10 April 2025

This page has not been proofread
तिन

अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।

किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।

ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।