Jump to content

Page:Ek chihan.pdf/2: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{Right|{{larger|'''एक'''}}}} छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''एक'''}}}}
{{Right|{{larger|'''एक'''}}}}

छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनिदिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला  
आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए-  
"मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त  
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि
दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई  
अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख ।  
यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"

अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।
अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका  
थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी  
थिई ।

"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।"  
जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।

"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"
"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ?  
म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले  
चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए,  
लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि  
नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै  
के छ र !"
{{nop}}
{{nop}}

Revision as of 14:56, 10 April 2025

This page has not been proofread

एक

छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"