Jump to content

Page:Ek chihan.pdf/3: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइरहेको छु । ‘सास रहेसम्म आस’ भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्टनारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइसकेका थिए, फेरि अष्टनारानले बोल्न सुरु गरे-
"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको  
हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि  
निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइरहेको  
छु । ‘सास रहेसम्म आस’ भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट
नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइसकेका थिए, फेरि  
अष्टनारानले बोल्न सुरु गरे-


"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"
"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"


"बा !" नानीथकुंले बोल्न खोजेर पनि यतिसिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।
"बा !" नानीथकुंले बोल्न खोजेर पनि यतिसिवाय उनको कण्ठबाट  
बक फुट्न सकेन ।


"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्टनारानले भने ।
"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्टनारानले भने ।
Line 9: Line 15:
"धेरै नबोल्नुहोस् भनेको बा ! परिश्रम होला ।"
"धेरै नबोल्नुहोस् भनेको बा ! परिश्रम होला ।"


"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनुपर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइरहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागिरहेको छ ।"
"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले  
मलाई यति बोल्न दिनुपर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ
रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागिरहेको छ ।"


"बा !" अष्टनारानको मुखैनिर शिर निहुराएकी नानीथकुंले भनिन् ।
"बा !" अष्टनारानको मुखैनिर शिर निहुराएकी नानीथकुंले भनिन् ।


यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुंको आँखाबाट आँसु टप्किहाल्यो । अष्टनारानका माहिला छोरा पुननारान र कान्छा छोरा हर्षनारान दुवैले एकै चोटि बोले- "बा ! चुप लाग्नोस् भन्या ।"
यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुंको आँखाबाट आँसु टप्किहाल्यो । अष्ट
नारानका माहिला छोरा पुननारान र कान्छा छोरा हर्षनारान दुवैले एकै चोटि  
बोले- "बा ! चुप लाग्नोस् भन्या ।"


"लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनिहाल्छु- बाबूहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केहीकेही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडिराखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरिदिनू त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"
"लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा  
आखिरी कुरा एउटा भनिहाल्छु- बाबूहो ! मैले तिमीहरूका निम्ति केही गर्न  
सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही
केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ  
मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर  
खाल्टो खनेर गाडिराखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया  
गरिदिनू त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"


बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।
बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।
{{nop}}
{{nop}}

Revision as of 14:56, 10 April 2025

This page has not been proofread

"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइरहेको छु । ‘सास रहेसम्म आस’ भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइसकेका थिए, फेरि अष्टनारानले बोल्न सुरु गरे-

"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"

"बा !" नानीथकुंले बोल्न खोजेर पनि यतिसिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।

"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्टनारानले भने ।

"धेरै नबोल्नुहोस् भनेको बा ! परिश्रम होला ।"

"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनुपर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागिरहेको छ ।"

"बा !" अष्टनारानको मुखैनिर शिर निहुराएकी नानीथकुंले भनिन् ।

यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुंको आँखाबाट आँसु टप्किहाल्यो । अष्ट नारानका माहिला छोरा पुननारान र कान्छा छोरा हर्षनारान दुवैले एकै चोटि बोले- "बा ! चुप लाग्नोस् भन्या ।"

"लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनिहाल्छु- बाबूहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडिराखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरिदिनू त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"

बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।