Page:Tarun tapasi.pdf/101: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} सफा चिल्लो काठी घनपटल, घोडा पवन भो ::लगामैको शोभा चपल बिजुलीमा उदित भो। चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा ::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।। {{pcn|..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९}} | {{pcn|९}} | ||
सफा चिल्लो काठी घनपटल, घोडा पवन भो | सफा चिल्लो काठी घनपटल, घोडा पवन भो | ||
::लगामैको शोभा चपल बिजुलीमा उदित | ::लगामैको शोभा चपल बिजुलीमा उदित भो । | ||
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा | चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा | ||
::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर | ::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी | कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी | ||
::बतासिन्थे, गर्थे पवनसित हाँस्तै | ::बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी । | ||
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी | जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी | ||
::हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग | ::हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा | सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा | ||
::धरी भर्दै मीठो महक उसका | ::धरी भर्दै मीठो महक उसका यक्षपुरमा । | ||
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति | कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति | ||
::थियो जस्को लीलामय लचकिलो मञ्जुल | ::थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
कतै नामी विद्याधरयुवक विद्या सब शिकी | कतै नामी विद्याधरयुवक विद्या सब शिकी | ||
::रसीलो सङ्गीतस्वरमधुरिमा लाखन | ::रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी । | ||
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु | अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु | ||
::सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा | ::सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा | कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा | ||
::बसी गाना गर्थे अमर कुँवरी मस्त | ::बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा । | ||
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि | अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि | ||
::मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल | ::मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
चढी धागो जस्ता अमृतमय शीता शुकरमा | चढी धागो जस्ता अमृतमय शीता शुकरमा | ||
::सुरेलीको साथै ललित झुलनाको | ::सुरेलीको साथै ललित झुलनाको रहरमा । | ||
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह | कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह | ||
::छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल | ::छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:07, 6 May 2025
९
सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो ।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा ॥
१०
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी ।
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी
हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥
११
सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा ।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥
१२
कतै नामी विद्याधरयुवक विद्या सब शिकी
रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी ।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥
१३
कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा ।
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी ॥
१४
चढी धागो जस्ता अमृतमय शीता शुकरमा
सुरेलीको साथै ललित झुलनाको रहरमा ।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह ॥