Jump to content

Page:Tarun tapasi.pdf/102: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी ::बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी। डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा ::थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
::बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी।
::बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
::थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा।।
::थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा ॥


{{pcn|१६}}
{{pcn|१६}}
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
::बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी।
::बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी ।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
::तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा।।
::तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा ॥


{{pcn|१७}}
{{pcn|१७}}
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
::कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु।
::कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु ।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
::तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी।।
::तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥


{{pcn|१८}}
{{pcn|१८}}
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
::लटामा लर्काई सुरकुसुम वा शङ्करमणि।
::लटामा लर्काई सुरकुसुम वा शङ्करमणि ।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
::चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा।।
::चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा ॥


{{pcn|१९}}
{{pcn|१९}}
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
::वसन्तश्री जस्ता मगनमदिरामस्त युवति।
::वसन्तश्री जस्ता मगनमदिरामस्त युवति ।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
::तपस्यामा गर्थे नयनशरले घात ननिको।।
::तपस्यामा गर्थे नयनशरले घात ननिको ॥


{{pcn|२०}}
{{pcn|२०}}
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
::उनी वन्यश्रीले खचित वनदेवीमय बनी।
::उनी वन्यश्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
::लुकामारी साथै हरकिसिमको रङ्गरमिता।।
::लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

१५
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा ॥

१६
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी ।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा ॥

१७
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु ।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥

१८
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
लटामा लर्काई सुरकुसुम वा शङ्करमणि ।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा ॥

१९
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
वसन्तश्री जस्ता मगनमदिरामस्त युवति ।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयनशरले घात ननिको ॥

२०
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्यश्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥