Jump to content

Page:Tarun tapasi.pdf/103: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} कता राम्रा रत्नद्युतिमय दिशापालसदन ::कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन। कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा ::तपस्वी देखिन्थे तपशिखर झैं टम्म..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कता राम्रा रत्नद्युतिमय दिशापालसदन
::कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन।
::कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
::तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा।।
::तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा ॥


{{pcn|२२}}
{{pcn|२२}}
कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
::गला फारी पढ्दै हरचरितका गीत कविता।
::गला फारी पढ्दै हरचरितका गीत कविता ।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
::थियो जस्को केही पर उपर कैलासनगरी।।
::थियो जस्को केही पर उपर कैलासनगरी ॥


{{pcn|२३}}
{{pcn|२३}}
तमासा ती खासा उपसुरपुरीका सब थरी
तमासा ती खासा उपसुरपुरीका सब थरी
::निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी।
::निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
::सबै त्यागी साना कुसुमकलिका षट्पद सरी।।
::सबै त्यागी साना कुसुमकलिका षट्पद सरी ॥


{{pcn|२४}}
{{pcn|२४}}
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
::चढी उड्दाउड्दै अति वितत आलोकपथमा।
::चढी उड्दाउड्दै अति वितत आलोकपथमा ।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
::थियो जो शोभाको निरुपम महासागर सरी।।
::थियो जो शोभाको निरुपम महासागर सरी ॥


{{pcn|२५}}
{{pcn|२५}}
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
::खुशीको हावाले विकसित भयो भाव मनको।
::खुशीको हावाले विकसित भयो भाव मनको ।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
::थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता।।
::थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥


{{pcn|२६}}
{{pcn|२६}}
विधाताको यद्वा नियतिगतिको लाखन थरी
विधाताको यद्वा नियतिगतिको लाखन थरी
::चमत्कारी लीला सबतिर सदा सूचित गरी।
::चमत्कारी लीला सबतिर सदा सूचित गरी ।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
::मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल।।
::मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

२१
कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा ॥

२२
कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता ।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलासनगरी ॥

२३
तमासा ती खासा उपसुरपुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुमकलिका षट्पद सरी ॥

२४
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
चढी उड्दाउड्दै अति वितत आलोकपथमा ।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी ॥

२५
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको ।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥

२६
विधाताको यद्वा नियतिगतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी ।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥