Jump to content

Page:Tarun tapasi.pdf/107: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} समेटी बिस्तारै मृदुल करले चारु कबरी ::निशालाई मानू प्रणयवश आलिङ्गन गरी। उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल ::बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल।।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
समेटी बिस्तारै मृदुल करले चारु कबरी
समेटी बिस्तारै मृदुल करले चारु कबरी
::निशालाई मानू प्रणयवश आलिङ्गन गरी।
::निशालाई मानू प्रणयवश आलिङ्गन गरी ।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
::बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल।।
::बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥


{{pcn|७}}
{{pcn|७}}
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
::भयें राम्री गोरी अब त म भनी गद्गद बनी।
::भयें राम्री गोरी अब त म भनी गद्गद बनी ।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
::झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको।।
::झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको ॥


{{pcn|८}}
{{pcn|८}}
बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
::शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको।
::शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको ।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
::सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी।।
::सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥


{{pcn|९}}
{{pcn|९}}
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
::अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति।
::अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति ।
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
::परेको हो छाया निविड कबरीको वदनमा।।
::परेको हो छाया निविड कबरीको वदनमा ॥


{{pcn|१०}}
{{pcn|१०}}
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
::चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश।
::चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश ।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
::म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु।।
::म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥


{{pcn|११}}
{{pcn|११}}
पगालेको चाँदीमय किरणमाला टललल
पगालेको चाँदीमय किरणमाला टललल
::जटामा बग्नाले अमृतरस छर्दै सललल।
::जटामा बग्नाले अमृतरस छर्दै सललल ।
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
::म भन्थें साठी होस् अमृतकरको शीतल कला।।
::म भन्थें साठी होस् अमृतकरको शीतल कला ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread


समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी ।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥


पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयें राम्री गोरी अब त म भनी गद्गद बनी ।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको ॥


बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको ।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥


प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति ।
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा ॥

१०
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश ।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥

११
पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृतरस छर्दै सललल ।
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
म भन्थें साठी होस् अमृतकरको शीतल कला ॥