Page:Tarun tapasi.pdf/90: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी ::उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी। कसैका पैताला गरम पसिनाले लपलपी ::भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।। {{pcn|..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी | जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी | ||
::उनी गुम्स्यायेका क्षणभर धरास्पर्श | ::उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी । | ||
कसैका पैताला गरम पसिनाले लपलपी | कसैका पैताला गरम पसिनाले लपलपी | ||
::भिजी रुन्थे, जल्थे मनुजमतिदेखी | ::भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कसैका कन्थाको विकट बदबूले हरघडी | कसैका कन्थाको विकट बदबूले हरघडी | ||
::झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक | ::झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी । | ||
कसैले पैह्रेका तरल खुसबूको महकमा | कसैले पैह्रेका तरल खुसबूको महकमा | ||
::हवा पौडी खेल्थ्यो पल पल खुशीको | ::हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको | डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको | ||
::घना सुस्केरा नै अनवरत टङ्कार | ::घना सुस्केरा नै अनवरत टङ्कार धनुको । | ||
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया | बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया | ||
::शिकारी भै मार्थे जिनतिन कठै | ::शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा | कुनै छाता ओढी अकडसित ताम्दानबिचमा | ||
::बसी पुग्नासाथै सरस उस | ::बसी पुग्नासाथै सरस उस चौकीनगिचमा । | ||
कहन्थे डोले हो नभन 'अब बस्छौं, गरम भो' | कहन्थे डोले हो नभन 'अब बस्छौं, गरम भो' | ||
::मलाई त्यो सुन्दा उस मनुजतामा शरम | ::मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ | झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ | ||
::भनी लागे कोही तर पवन आयो | ::भनी लागे कोही तर पवन आयो हुरुरुरु । | ||
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो | धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो | ||
::मलाई मायाले मुटुकन समातेर | ::मलाई मायाले मुटुकन समातेर जकड्यो ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी | कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी | ||
::चुसी चाटी टोकी चिजबिज अनेकौं | ::चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी । | ||
डकारी खै मेरो मधुर हजमी पाचक भनी | डकारी खै मेरो मधुर हजमी पाचक भनी | ||
::शिशी बट्टा खोजी गजबसित लड्थे | ::शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:03, 6 May 2025
१८
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी ।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी ॥
१९
कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी ।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥
२०
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको ।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया ॥
२१
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकीनगिचमा ।
कहन्थे डोले हो नभन 'अब बस्छौं, गरम भो'
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥
२२
झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु ।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो ॥
२३
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी ।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥