Page:Tarun tapasi.pdf/96: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कसैले द्योराली भनिकन ठुलो आदर गरे ::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे। कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें ::कसैको लेखामा भय भुटिदिने भैरव भयें।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
कसैले द्योराली भनिकन ठुलो आदर गरे | कसैले द्योराली भनिकन ठुलो आदर गरे | ||
::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति | ::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे । | ||
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें | कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें | ||
::कसैको लेखामा भय भुटिदिने भैरव | ::कसैको लेखामा भय भुटिदिने भैरव भयें ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
Line 11: | Line 11: | ||
::सदा पूजा गर्दै चरणतलमा लम्पट परी | ::सदा पूजा गर्दै चरणतलमा लम्पट परी | ||
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्' | पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्' | ||
::म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल | ::म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस् ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
सदा यै चालाले अबुझहरु विश्वासवश भै | सदा यै चालाले अबुझहरु विश्वासवश भै | ||
::त्यहाँ लागीहाले विधिसहित पूजा दिन | ::त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै । | ||
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो | म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो | ||
::पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य | ::पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन् | कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन् | ||
::कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र | ::कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् । | ||
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको | कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको | ||
::कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट | ::कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे | कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे | ||
::कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब | ::कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे । | ||
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी | अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी | ||
::फसे सारा बोक्रे विधिनियमपट्टी हरि | ::फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी | बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी | ||
::लिई माला, छालाउपर दृढ पद्माऽसन | ::लिई माला, छालाउपर दृढ पद्माऽसन धरी । | ||
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी | जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी | ||
::थियो मानू चौकी उस बखतको | ::थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:07, 6 May 2025
१५
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैको लेखामा भय भुटिदिने भैरव भयें ॥
१६
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस् ॥
१७
सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥
१८
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥
१९
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि ॥
२०
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी ।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी ॥