Jump to content

Page:Tarun tapasi.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी ::कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि। वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा ::उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।। {{pcn|१..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
::कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि।
::कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
::उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।।
::उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥


{{pcn|१६}}
{{pcn|१६}}
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
::सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको।
::सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको ।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
::दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा।।
::दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥


{{pcn|१७}}
{{pcn|१७}}
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
::बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा।
::बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
::कठै मेरा आँशू तरतर बहन्छन् किन किन?।।
::कठै मेरा आँशू तरतर बहन्छन् किन किन ?


{{pcn|१८}}
{{pcn|१८}}
हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
::हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी।
::हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
::मित्यारी लायेका अति कठिन कारुण्यरहित।।
::मित्यारी लायेका अति कठिन कारुण्यरहित ॥


{{pcn|१९}}
{{pcn|१९}}
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
::लडेको त्यो भोको पथिकतिर लाटोपन धरी।
::लडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
::अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि।।
::अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि ॥


{{pcn|२०}}
{{pcn|२०}}
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
::पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि।
::पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि ।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
::अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको?।।
::अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread

१५
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥

१६
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको ।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥

१७
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै मेरा आँशू तरतर बहन्छन् किन किन ?

१८
हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्यरहित ॥

१९
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि ॥

२०
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि ।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको ?