Jump to content

Page:Tarun tapasi.pdf/64: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ ::धरित्रीको छातीउपर यसको उत्ति हक छ। हर्यो होला कस्ले कसरि बिचमा भाग यसको? ::कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
::धरित्रीको छातीउपर यसको उत्ति हक छ।
::धरित्रीको छातीउपर यसको उत्ति हक छ ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको?
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको ?
::कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।।
::कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको ॥


{{pcn|२२}}
{{pcn|२२}}
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
::न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल।
::न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
::लडी भोग्दो होला कुन अधमको कुत्सित छल?।।
::लडी भोग्दो होला कुन अधमको कुत्सित छल ?


{{pcn|२३}}
{{pcn|२३}}
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
::न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ।
::न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
::गुम्यो होला खाना कुन छल परी हाय कसको?।।
::गुम्यो होला खाना कुन छल परी हाय कसको ?


{{pcn|२४}}
{{pcn|२४}}
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
::कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी।
::कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।
तमासा यो हो वा विधिनियमको घोर भुल हो?
तमासा यो हो वा विधिनियमको घोर भुल हो ?
::दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो?।।
::दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो ?


{{pcn|२५}}
{{pcn|२५}}
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
::शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी।
::शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
::चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा?।।
::चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा ?


{{pcn|२६}}
{{pcn|२६}}
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
::समेटी सोहोरी सब खचित पारी घर भरी।
::समेटी सोहोरी सब खचित पारी घर भरी ।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
::अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।
::अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread

२१
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको ?
कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको ॥

२२
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल ?

२३
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय कसको ?

२४
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।
तमासा यो हो वा विधिनियमको घोर भुल हो ?
दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो ?

२५
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा ?

२६
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी ।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥