Page:Tarun tapasi.pdf/67: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३}} हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित ::म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित। दिने त्यस्तो केही मसित नहुँदा आज सकल ::भयो चौबाटाको जनम तप वा वास विफल।। {{pcn|४}}..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|३}} | {{pcn|३}} | ||
हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित | हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित | ||
::म दिन्थें त्यो सारा अतिथिजनलाई | ::म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित । | ||
दिने त्यस्तो केही मसित नहुँदा आज सकल | दिने त्यस्तो केही मसित नहुँदा आज सकल | ||
::भयो चौबाटाको जनम तप वा वास | ::भयो चौबाटाको जनम तप वा वास विफल ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ | कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ | ||
::कि ता याताऽऽयातै पथिकजनको बन्द | ::कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ । | ||
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन | विपद् बाधा भोका अतिथिजनको हेर्नसहन | ||
::नशक्नाले सल्क्यो जननि मनमा | ::नशक्नाले सल्क्यो जननि मनमा शोकदहन ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
नपाई खाना क्यै उदरगत रुद्राऽनल बली | नपाई खाना क्यै उदरगत रुद्राऽनल बली | ||
::जलेको देख्दा त्यो गरिबजनको | ::जलेको देख्दा त्यो गरिबजनको जीवनकलि । | ||
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय | जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय | ||
::त्यसैले यो गर्छू जननि पदमा | ::त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय ॥ | ||
{{pcn|६}} | {{pcn|६}} | ||
उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव | उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव | ||
::फुटोस् वज्रद्वारा पटपट गरी मस्तक | ::फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब । | ||
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन | जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन | ||
::म त्यो मेरो बाधा सहन शकुँला, यो त | ::म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
नशक्नाले भोको अतिथिजनको गर्न कदर | नशक्नाले भोको अतिथिजनको गर्न कदर | ||
::वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि | ::वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर । | ||
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा | खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा | ||
::कमी केको होला? किन मकन पार्यौ सकसमा? | ::कमी केको होला ? किन मकन पार्यौ सकसमा ? | ||
{{pcn|८}} | {{pcn|८}} | ||
पुकारा यो सारा विकल बटुवाखातिर गरी | पुकारा यो सारा विकल बटुवाखातिर गरी | ||
::झकायें चिन्तामा, अलि दिन भयें मूर्छित | ::झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी । | ||
बिलौना माताले पनि सदयतासाथ सुनिछन् | बिलौना माताले पनि सदयतासाथ सुनिछन् | ||
::ममाथी चौतर्फी फल र फुलका हार | ::ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
३
हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित ।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल ॥
४
कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
नशक्नाले सल्क्यो जननि मनमा शोकदहन ॥
५
नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवनकलि ।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय ॥
६
उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥
७
नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर ।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला ? किन मकन पार्यौ सकसमा ?
८
पुकारा यो सारा विकल बटुवाखातिर गरी
झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी ।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥