Page:Tarun tapasi.pdf/68: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित ::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित। स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी ::अहो कस्तो लीला? प्रकृतिजनन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९}} | {{pcn|९}} | ||
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित | म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित | ||
::भयें त्यस्ले गर्दा अलि दिन त | ::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित । | ||
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी | स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी | ||
::अहो कस्तो लीला? प्रकृतिजननीको हरि | ::अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी | अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी | ||
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी? | ::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ? | ||
भनी छामें, थामें लचक ललिताऽऽकार उसको | भनी छामें, थामें लचक ललिताऽऽकार उसको | ||
::बग्यो मानू मेरो खलखल कुलो | ::बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो | मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो | ||
::त्यसैले नै मानू जनमभरको सङ्कट | ::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो । | ||
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी | थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी | ||
::मजैमा लर्कायें शिरभर सबै लर्कन | ::मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा | बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा | ||
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध | ::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा । | ||
ठुलासाना नाना थकित बटुवाका नजरको | ठुलासाना नाना थकित बटुवाका नजरको | ||
::भयें मानू तारो उस बखत त्यो | ::भयें मानू तारो उस बखत त्यो मार्गभरको ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
थियो पैले मेरो तरुण वय तेसै चहकिलो | थियो पैले मेरो तरुण वय तेसै चहकिलो | ||
::जटामा उस्माथी फल र फुलको रौनक | ::जटामा उस्माथी फल र फुलको रौनक ठुलो । | ||
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू | त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू | ||
::नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो | ::नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक | खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक | ||
::घुमीहाल्यो मानू निमिषमय भै धेर | ::घुमीहाल्यो मानू निमिषमय भै धेर पटक । | ||
झुके लुर्का फुर्का सकल पगरीका तल तल | झुके लुर्का फुर्का सकल पगरीका तल तल | ||
::जम्यो ती जम्बैमा रुचिर रसरेसा | ::जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
९
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित ।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि ॥
१०
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको ॥
११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥
१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको ॥
१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥
१४
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥