Jump to content

Page:Tarun tapasi.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} कराई चिच्च्याई यसरि बिलना वन्दन गरी ::म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी। कठै मेरो भाषा नबुझि सब चल्थे टमटम ::हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
::म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी।
::म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी ।
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
::हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म।।
::हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥


{{pcn|१३}}
{{pcn|१३}}
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
::भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा।
::भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा ।
म गन्थें बाटोमा निशिदिन कठै। जीवनघडी
म गन्थें बाटोमा निशिदिन कठै । जीवनघडी
::मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी।।
::मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी ॥


{{pcn|१४}}
{{pcn|१४}}
जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
::अनी कालो कालोपम शठ शिकारी नगिचमा।
::अनी कालो कालोपम शठ शिकारी नगिचमा ।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
::म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन।।
::म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन ॥


{{pcn|१५}}
{{pcn|१५}}
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
::गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका।
::गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका ।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
तमासाले गर्दा मन विकलतासाथ चिरियो
::विधाताको लीलावश पयर विस्तार थिरियो।।
::विधाताको लीलावश पयर विस्तार थिरियो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

१२
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी ।
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥

१३
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा ।
म गन्थें बाटोमा निशिदिन कठै । जीवनघडी
मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी ॥

१४
जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा ।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन ॥

१५
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका ।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो ॥