Page:Tarun tapasi.pdf/17: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो | दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो | ||
::तपस्याले बल्दो तर हरघडी शान्त | ::तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो । | ||
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति | प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति | ||
::तुरुन्ते श्रद्धाले कविकन लगाये | ::तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
<ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को? | <ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ? | ||
::कुटी यद्वा योगाश्रम कुन? कहाँ हो हजुरको?' | ::कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?' | ||
भनी सोधे श्रद्धासहित कविजीले जब अनि | भनी सोधे श्रद्धासहित कविजीले जब अनि | ||
::उनी बोले 'मेरो चरित | ::उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
पुरी मेदै माटो दनुज दुइको सागर भरि | पुरी मेदै माटो दनुज दुइको सागर भरि | ||
::हवादारी गारो चिनिकन दिशाको | ::हवादारी गारो चिनिकन दिशाको वरिपरि । | ||
सफा नीलो ताराजडित गगनै छादन कसी | सफा नीलो ताराजडित गगनै छादन कसी | ||
::बनायेको राम्रो भुवनकुटियाको म | ::बनायेको राम्रो भुवनकुटियाको म तपसी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा | न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा | ||
::न ता छाला, माला, न धुनि, न कुनै | ::न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा । | ||
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण | न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण | ||
::खडा छू एकाकी जमिनबिच टेकेर | ::खडा छू एकाकी जमिनबिच टेकेर चरण ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
पिता माता को हुन्? कुन नियत वा कारण परी | पिता माता को हुन् ? कुन नियत वा कारण परी | ||
::लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी? | ::लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ? | ||
मलाई यो केही स्मरण अघिको छैन मनमा | मलाई यो केही स्मरण अघिको छैन मनमा | ||
::म खाली हेर्दोछू प्रणयसित यो | ::म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
सुती लेटी मिल्ने सुखसयल जानें न त रति | सुती लेटी मिल्ने सुखसयल जानें न त रति | ||
::न ता कोही तीर्थभ्रमण सुख भोगें | ::न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति । | ||
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा | जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा | ||
::सही लाखौं चर्का विपद अथवा सङ्कट | ::सही लाखौं चर्का विपद अथवा सङ्कट कडा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
<noinclude><references/></noinclude> | <noinclude><references/></noinclude> |
Revision as of 20:38, 6 May 2025
२७
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती ॥
२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ?
कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥
२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो ताराजडित गगनै छादन कसी
बनायेको राम्रो भुवनकुटियाको म तपसी ॥
३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा ।
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिनबिच टेकेर चरण ॥
३१
पिता माता को हुन् ? कुन नियत वा कारण परी
लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा ॥
३२
सुती लेटी मिल्ने सुखसयल जानें न त रति
न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
सही लाखौं चर्का विपद अथवा सङ्कट कडा ॥
- ↑ यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।