Jump to content

Page:Tarun tapasi.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<blockquote> <poem> 'अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला' 'जती शक्छस्‌ कालो गगनपथ आलोकित गरा' 'कुनै द्यौता जस्ता सुघर सुकिला बाहिर भने' 'जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका' 'थियो जस्तो पैले..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:
</poem>
</poem>
</blockquote>
</blockquote>
यसरी उद्धत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोक उद्धरणमा आउँछन्‌ किनभने लेखनाथीय कविताको प्रकृति नै यस्तो छ, विशेष गरेर 'तरुण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ ।
यसरी उद्‌धृत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोक उद्धरणमा आउँछन्‌ किनभने लेखनाथीय कविताको प्रकृति नै यस्तो छ, विशेष गरेर 'तरुण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ ।


(१) हामी जब प्रत्येक श्लोक छुन्छौं अनि कुनै सुर लागेको तारमा हात परेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन् । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो । उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्‌, परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन्‌ ।
(१) हामी जब प्रत्येक श्लोक छुन्छौँ अनि कुनै सुर लागेको तारमा हात परेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन् । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो । उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्‌, परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन्‌ ।


अहिले अरु कुरालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एक एक श्लोक एक एक पाउ पढ्दै जान्छौं हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्‌, कति धनी लेखनी !
अहिले अरु कुरालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एक एक श्लोक एक एक पाउ पढ्दै जान्छौँ हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्‌, कति धनी लेखनी !


(२) रुखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्‌, कसैकसैले अदभुत कल्पना पनि गरेका छन्‌ परन्तु रुखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्‌ त्यो संसारको काव्यजगत्‌लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौं कि कैयौं ठाउँमा लेखनाथ बोलेको र रुख हामीलाई एकात्मक लाग्दछ । जस्तै-
(२) रुखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्‌, कसैकसैले अदभुत कल्पना पनि गरेका छन्‌ परन्तु रुखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्‌ त्यो संसारको काव्यजगत्‌लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौँ कि कैयौँ ठाउँमा लेखनाथ बोलेको र रुख हामीलाई एकात्मक लाग्दछ । जस्तै-
<blockquote>
<blockquote>
<poem>
<poem>
'जमायें लाचारीसित जमिनमा आसन कडा
'जमायेँ लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।
जती जस्तो आओस्‌ नियतिवश शीताऽऽतप-हुरी
जती जस्तो आओस्‌ नियतिवश शीताऽऽतप-हुरी
भयें त्यो हेलैले सब सहन शक्ने ननिहुरी ।।'
भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ।।'
<blockquote>
<blockquote>
<poem>
<poem>

Revision as of 09:46, 30 May 2025

This page has been proofread

'अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला'
'जती शक्छस्‌ कालो गगनपथ आलोकित गरा'
'कुनै द्यौता जस्ता सुघर सुकिला बाहिर भने'
'जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका'
'थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली'
'म सम्झ्यो मै मात्रै, गुरुचरण सम्झ्यो गुरु गुरु'
'जटा मासू छाला सहित हितको जीवन पनि'

यसरी उद्‌धृत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोक उद्धरणमा आउँछन्‌ किनभने लेखनाथीय कविताको प्रकृति नै यस्तो छ, विशेष गरेर 'तरुण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ ।

(१) हामी जब प्रत्येक श्लोक छुन्छौँ अनि कुनै सुर लागेको तारमा हात परेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन् । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो । उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्‌, परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन्‌ ।

अहिले अरु कुरालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एक एक श्लोक एक एक पाउ पढ्दै जान्छौँ हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्‌, कति धनी लेखनी !

(२) रुखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्‌, कसैकसैले अदभुत कल्पना पनि गरेका छन्‌ परन्तु रुखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्‌ त्यो संसारको काव्यजगत्‌लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौँ कि कैयौँ ठाउँमा लेखनाथ बोलेको र रुख हामीलाई एकात्मक लाग्दछ । जस्तै-

<poem> 'जमायेँ लाचारीसित जमिनमा आसन कडा बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा । जती जस्तो आओस्‌ नियतिवश शीताऽऽतप-हुरी भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ।।'

<poem>