Page:Buddhi binod.pdf/4: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 08:17, 17 April 2025
This page has been proofread
कदापि कत्ती नलगाइ ठक्कर
ग्रहादिलाई दिनहूँ निरन्तर ।
घुमाउने को छ खडा भईकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४॥
निशाविषे माथि सधैं वरीपरी
अनन्त ज्योति गजमोतिले सरी ।
झुलीरहेका किन हो, ती को हुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५॥
समस्त आकाशविषे टनाटन
थरी-थरी सुन्दर सृष्टि साधन
भएछ उत्पन्न कसो गरी कन
तँलाइ मालूम् छ कि यो कुरा मन ? ॥६॥
स्वभाव धर्मोऽऽदि जुदा जुदा गरी
विशाल यो विश्वविषे थरी थरी ।
कसो हुँदा जीव जमे कडोरन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥७॥
अशेष आब्रह्म पिपीलिकातक
शरीर एकै उहि पाञ्च-भौतिक ।
परन्तु भोग्यादि घटी बढी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥८॥