Jump to content

Page:Bhikari.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
Line 14: Line 15:
सोझो सफा सडक जीवनको सुनौला
सोझो सफा सडक जीवनको सुनौला
:::छन्‌ काममा रत सधैँ दुइ हात औंला ।
:::छन्‌ काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
Line 20: Line 21:
आएर घोबिनि चरी जब बोल्न थाली
आएर घोबिनि चरी जब बोल्न थाली
:::कोदालि लिन्छ, तब हिंँड्दछ काँध हाली ।
:::कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड रजूर पूर्व
हेरी उषाकन पहाड गजूर पूर्व
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥
</poem>
</poem>
}}

Revision as of 11:30, 28 January 2025

This page has been proofread


न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥


त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन्‌ छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥


सोझो सफा सडक जीवनको सुनौला
छन्‌ काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥


आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥