Page:Bhikari.pdf/30: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''जीवन वन'''}}}} | {{center|{{larger|'''जीवन वन'''}}}} | ||
{{center block| | |||
<poem> | <poem> | ||
१ | १ | ||
Line 6: | Line 7: | ||
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी । | बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी । | ||
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर | भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर | ||
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर | आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥ | ||
२ | २ | ||
Line 12: | Line 13: | ||
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश । | सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश । | ||
आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं | आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं | ||
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं | आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥ | ||
३ | ३ | ||
Line 18: | Line 19: | ||
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला । | बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला । | ||
उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ | उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ | ||
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ | जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥ | ||
४ | ४ | ||
Line 24: | Line 25: | ||
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् । | घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् । | ||
दारिद्र्यैले ढुकुटि भरने, क्लेश बन्ने विलास | दारिद्र्यैले ढुकुटि भरने, क्लेश बन्ने विलास | ||
धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस | धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 00:32, 28 January 2025
१
जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥
२
प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश ।
आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥
३
हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला,
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला ।
उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥
४
काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन्
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् ।
दारिद्र्यैले ढुकुटि भरने, क्लेश बन्ने विलास
धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस ॥