Page:Prithviraj chauhan.pdf/168: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
रूखका कवि गाउँदछन् गान | |||
रङ्गीन पत्र मधुर स्वर | |||
आकाशका बारी चरेर ल्याई | |||
सुनका धुला अक्षरलाई | |||
महिमा साँझमा । | |||
उ हुन्छ खाली फुर्सदमा अलस | |||
चुनेर आफ्नी वनकी स्त्रीलाई | |||
सूँढले पानी छर्किन्छ कहिले | |||
दाँतले कन्याई मारेर चिलाइ | |||
दुई जनालाई प्रेमको संसार | |||
हरियो माझमा । | |||
आनन्द जस्ता चार दिशा खुल्छन् | |||
हीरा र मोती जहाँ कहीँ कुन्छन् | |||
मदिराजस्ता रङ्गहरू फुल्छन् | |||
प्रतापका राजमा । | |||
समरको बल वीर्यलाई खालि | |||
लड्नको बदला विलासमा हाली | |||
आँखामा प्रेमको रोशनी बाली | |||
"तिमी र ममा संसार सारा" | |||
मरण प्यारो जीवन सुन्दर | |||
भनेझै खेलहरूमा प्यारा | |||
कृष्ण र राधा गजका रूपमा | |||
वृन्दावनभित्र विहार गर्दा | |||
विश्वको नेता मुरली भर्दा | |||
विम्बकी ज्योति लाउँदी पर्दा | |||
मायाको नजरमा । | |||
ठीक त्यस्तै भयो प्रेमीको राजमा | |||
विलासी आलस पृथिवीराजमा | |||
भुलेछन् उनले संसार सारा | |||
डिल्लीका शहरमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:18, 19 April 2025
This page has not been proofread
रूखका कवि गाउँदछन् गान
रङ्गीन पत्र मधुर स्वर
आकाशका बारी चरेर ल्याई
सुनका धुला अक्षरलाई
महिमा साँझमा ।
उ हुन्छ खाली फुर्सदमा अलस
चुनेर आफ्नी वनकी स्त्रीलाई
सूँढले पानी छर्किन्छ कहिले
दाँतले कन्याई मारेर चिलाइ
दुई जनालाई प्रेमको संसार
हरियो माझमा ।
आनन्द जस्ता चार दिशा खुल्छन्
हीरा र मोती जहाँ कहीँ कुन्छन्
मदिराजस्ता रङ्गहरू फुल्छन्
प्रतापका राजमा ।
समरको बल वीर्यलाई खालि
लड्नको बदला विलासमा हाली
आँखामा प्रेमको रोशनी बाली
"तिमी र ममा संसार सारा"
मरण प्यारो जीवन सुन्दर
भनेझै खेलहरूमा प्यारा
कृष्ण र राधा गजका रूपमा
वृन्दावनभित्र विहार गर्दा
विश्वको नेता मुरली भर्दा
विम्बकी ज्योति लाउँदी पर्दा
मायाको नजरमा ।
ठीक त्यस्तै भयो प्रेमीको राजमा
विलासी आलस पृथिवीराजमा
भुलेछन् उनले संसार सारा
डिल्लीका शहरमा ।