Page:Bhikari.pdf/35: Difference between revisions
Appearance
No edit summary Tag: Manual revert |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा | चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा | ||
Line 22: | Line 22: | ||
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥ | फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥ | ||
</poem> | </poem> | ||
}} | {{end center block}} |
Revision as of 14:30, 15 March 2025
This page has been proofread
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।
८
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥
९
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥
१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू ।
नाच्छिन् यो पृथिवी शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥