Page:Munamadan.pdf/11: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
'''मुना–''' | |||
::हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड, | ::हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड, | ||
::भीरका भोटे, वनका जन्तु, गाईको आहार | ::भीरका भोटे, वनका जन्तु, गाईको आहार | ||
Line 8: | Line 8: | ||
::हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ ! | ::हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ ! | ||
'''मदन–''' | |||
::नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ, | ::नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ, | ||
::वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ? | ::वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ? | ||
Line 16: | Line 16: | ||
::::::ती हेरी बसून् यो चन्द्रमुहार ! | ::::::ती हेरी बसून् यो चन्द्रमुहार ! | ||
'''मुना–''' | |||
::फुलेका केश, गलेको जीउ आमाको मायाले, | ::फुलेका केश, गलेको जीउ आमाको मायाले, | ||
::बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले, | ::बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले, | ||
Line 26: | Line 26: | ||
::::::हे मेरा प्यारा ! अमीरी मनले ! | ::::::हे मेरा प्यारा ! अमीरी मनले ! | ||
'''मदन–''' | |||
::हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा, | ::हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा, | ||
::के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा, | ::के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा, |
Revision as of 02:32, 16 March 2025
मुना–
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
मदन–
नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !
मुना–
फुलेका केश, गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !
मदन–
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा,
ती आमालाई दूधको घुड्कोले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ,