Jump to content

Page:Munamadan.pdf/23: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे !
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे !
{{float left|दयाले नैनी ! ईश्वरले सिँगारे !}}
::::दयाले नैनी ! ईश्वरले सिँगारे !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
{{float right|नैनी ! फिर्दैन यसोरी !}}
::::नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,

Revision as of 15:54, 7 March 2025

This page has not been proofread

यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख ।
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल ।
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला ।
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे !
दयाले नैनी ! ईश्वरले सिँगारे !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र ।
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको !
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ ।
यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,