Page:Munamadan.pdf/22: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
<ref group="❂" follow="p12">सुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा, | |||
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा । | |||
गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले | |||
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले | |||
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ, | |||
लज्जाले खुम्ची भाग्दछ देही | |||
के माटोबाहेक हात लाग्ला केही ? | |||
मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर, | |||
बास्नाले मात्र सौन्दर्य छोऊ | |||
आँखाको लोभ आँसुले धोऊ | |||
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले । | |||
</ref> | |||
</poem>}} | |||
<section end="C❂"/> | |||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
Line 15: | Line 31: | ||
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू ! | खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू ! | ||
म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू ! | म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू ! | ||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> |
Revision as of 19:39, 7 March 2025
घरमा आई माउर लाई नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,
'कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
छ मैना भयो खसम हजूर ! गएको ह्लासामा ।
बिस्र्यो है क्या र ? हजूरलाई तरुनी-खासामा ।
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?'
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू !
म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
सुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।