Page:Munamadan.pdf/21: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 19: | Line 19: | ||
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर, | त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर, | ||
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर । | घरको वर, घरको पर त्यो घुम्थ्यो गएर । | ||
{{pcn|-x-}} | {{pcn|--x--}} | ||
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू ! | गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू ! | ||
लोभले हेर्यो; मोहनी गयो जङ्गली नहुनू ! | लोभले हेर्यो; मोहनी गयो जङ्गली नहुनू ! |
Revision as of 15:46, 7 March 2025
मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई ।
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा ।
बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो,
विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो ।
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल ।
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार ।
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ ।
अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी ।
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।
--x--
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू !
लोभले हेर्यो; मोहनी गयो जङ्गली नहुनू !
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएका फूल छोएर नमार [❂ 1]